कार्यव्यवस्था परामर्श समितिको बैठकपछी प्रतिनिधिसभा बैठक,एमसीसी टेबुल हुने सम्भावना न्युन



संसद् सचिवालयले आज बस्ने प्रतिनिधि सभाको स्भावित कार्यसूची सार्वजनिक गरेको छ । आजकोप्रतिनिधि सभाको स्भावित कार्यसूचीमा पनि एमसीसी भने परेको छैन तर संसद् बैठक अघाडी बस्ने तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी संसद्मा पेश गर्नेबारे छलफल हुनेछ ।

दलहरुबीच सहमति नहुँदा आजको बैठकमा पनि एमसीसी टेबुल हुने सम्भावना भने एक्दमै कम रहेको बुझिएको छ ।

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेद आर्थिक वर्ष २०७७/७८पेस हुने कार्यसूची सार्वजनिक गरेका छन् ।बैठक शुक्रबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

प्रकाशित मिति : फाल्गुन ६, २०७८ शुक्रबार  ९ : ५६ बजे