प्रतिनिधिसभा बैठक आज बस्दै, एमसीसीमाथि छलफल हुने कार्यसूची



प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने छ ।

बिहीबार संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख छ ।

यस अघी हिजो बस्ने भनिएको बैठक अन्तिम समयम आजका लागी स्थगित गरिएको थियो ।

प्रकाशित मिति : फाल्गुन १३, २०७८ शुक्रबार  ८ : ५४ बजे