एमसीसीबारे एमालेको धारणा सार्वजनिक गर्न आज पत्रकार सम्मेलन गर्दै ओली



अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमोदनमा भाग नलिएको प्रमुख प्रतिपक्षी एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।

एमाले अध्यक्ष केपी ओलीले आज दिउँसो १ बजे तिनकुनेस्थित रोयल ब्यांकेटमा पत्रकार सम्मेलन आयोजना गर्दैछन् ।

एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमालेका आधिकारिक धारणाहरू सार्वजनिक हुनेछ ।

एमसीसी गत शुक्रबार संसदबाट अनुमोदन भइसकेको छ ।

प्रकाशित मिति : फाल्गुन १७, २०७८ मंगलबार  ९ : ११ बजे