चुनावले गाउँ बोलायो (फोटो फिचर)



मुलुक स्थानीय तहको निर्वाचनमय भएसँगै काठमाडौं उपत्यकासहित सहरमा अस्थायी बसोबास गर्दै आएकाहरू मतदानका लागि गाउँघर हिँडन थालेका छन् । ३० वैशाखमा मतदान हुँदैछ ।

त्यसअघि विद्यालय बन्द हुनुका साथै मतदानका दिन सार्वजनिक बिदा परेपछि आममतदाता थातथलो लागेका हुन् । काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधन यात्रुले कोचाकोच हुने गरेका छन् । कोटेश्वर र कलंकी क्षेत्रबाट बाहिरिदै गरेकाहरुको दृष्य कैद गरेका छौं । तस्बिर : न्युज कारखाना

प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार  ८ : ४६ बजे