सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष पदमा अजमल अख्तर आजाद र उपाध्यक्षमा सोही पार्टीका सुनिता उराँव निर्वाचित भएका छन् । उनिहरुले क्रमशः चार हजार ६०६ र तीन हजार ९७४ मत प्राप्त गरे ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार नवनिर्वाचित अजमलका प्रतिद्वन्द्वी एमालका उम्मेदवार तथा निर्वतमान गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले तीन हजार २७१ मत रनिर्वाचित उपाध्यक्ष उराँवकी प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी उम्मेदवार तथा निर्वतमान गाउँपालिकाका उपाध्यक्ष पुनमकुमारी मेहताले दुई हजार ६१८ मत प्राप्त गरे ।
भोक्राहा नरसिंह –१ मा राप्रपाका लक्ष्मण मेहता, वडा नम्बर–२ मा न कांग्रेसका आलम अन्सारी, वडा नम्बर–३ मा नेकपा (एकीकृत समाजवादी)का धीरेन्द्रकुमार यादव, वडा नम्बर–४ मा कांग्रेसका हारुन अन्सारी, वडा नम्बर–५ मा राप्रपाका हविव मंसुरी, वडा नम्बर–६ मा कांग्रेसका सराजुद्धिन अन्सारी, वडा नम्बर–७ मा राप्रपाका बौवालाल यादव र वडा नम्बर–८ मा कांग्रेसका हाजी उसमान मियाँको प्यानल विजयी भएका छन् ।










