रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु,दर्जनौँ घाइते



रामेछापको बेथानबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकहरू चार जना महिला र पाँच जना पुरूष छन्।

खाँडादेवी गाउँपालिका-१ स्थित लुभुघाटमा मंगलबार बिहान १० बजे बस सडकबाट अन्दाजी ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए।

प्रहरी टोलीले उद्धार कार्य जारी राखेको र घाइतेलाई धुलिखेल अस्पताल लैजन थालिएको पनि उनले जानकारी दिए। दुर्घटनामा परी २२ जना घाइते छन्।

 

प्रकाशित मिति : असार २१, २०७९ मंगलबार  १२ : ३८ बजे