कमजोर नैतिक धरातलमा उभिएको छैन : कांग्रेस सभापति थापा



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कुनै पनि गलत तथा अनैतिक काममा संलग्न नरहेको स्पष्ट पारेका छन् । आज एक भिडियो सन्देश जारी गर्दै उनले हालै सार्वजनिक भएको विवादास्पद अडियो प्रकरणमा आफ्नो नाम जोडिएको विषयमा स्पष्ट पारेका हुन् ।

उनले आफ्नो नैतिकतामाथि प्रश्न उठाउने आधार नरहेको दाबी गर्दै भने, ‘ढुक्क हुनुहोस्, म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति– कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। मेरा हातहरू सफा छन् ।’

प्रहरी हिरासतमा रहेका ‘फिक्सर’ भनिएका इनम सापकोटाको भनिएको अडियोमा आफ्नो नाम जोडिएको विषयमा आफूलाई कुनै जानकारी नभएको थापाको दाबी छ।

उनले पार्टीको आधिकारिकता तथा आन्तरिक रूपान्तरणका लागि भएको संघर्ष कार्यकर्ताहरूको विद्रोह भएको उल्लेख गर्दै त्यसमा कुनै आर्थिक लेनदेन नभएको बताए।

‘विद्रोह गर्नेले परिणामको चिन्ता गर्छ रु करोडको कुरा गर्छन् १ पार्टीको आधिकारिकताको राजनीतिक–कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन र अनुचित काम भएको छैन,’ उनले भने।

‘अडियो कहाँ, कसले, कहिले र किन बोल्यो वा बोलाइयो, त्यो अनुसन्धानको विषय हो। अनुसन्धान निष्पक्ष हुनुपर्छ, दूधको दूध पानीको पानी छुटिन्छ,’ उनले भने।अडियो सार्वजनिक भएपछि डराएर विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई भेटेको भन्ने चर्चाको पनि उनले खण्डन गरे। ‘म तर्सिने जिनिस नै होइन, तर्सिने बानी नै छैन,’ थापाले भने।

प्रकाशित मिति : कार्तिक १९, २०८३ बिहिबार  ६ : ०० बजे