सुशासन नहुदा जनतामा असन्तुष्टि : पूर्वराष्ट्रपति यादव

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संविधान बचाउने जिम्मा राजनीतिक दलको काँधमा आएको बताएका छन् । जननायक बिपी कोइरालाको १०९औँ जन्मजयन्तीका अवसरमा तेज–तीर्थ ट्रष्टले आज आयोजना गरेको ‘सम्मान तथा पुरस्कार वितरण कार्यक्रम’मा उहाँले संविधानमाथि आक्रमण हुन लागेको भन्दै यसलाई जोगाउन राजनीतिक दलको महत्वपूर्ण भूमिका रहेको बताए ।

“संविधानको रक्षा गर्ने प्रमुख जिम्मा कांग्रेससहितका राजनीतिक दलको हो, राजनीतिक दलबाट बनेको संविधानको रक्षा गर्ने काम पनि राजनीतिक दलकै हो”, उनले भने । देशको एकता, अखण्डता आवश्यकतालाई समेटेर समृद्ध मुलुक निर्माणमा सबै लाग्नुपर्ने उनको भनाइ थियो ।

पूर्वराष्ट्रपति डा यादवले सङ्घ, प्रदेश र स्थानीय तहको कानून बन्न नसक्नु दुःखद् कुरा भएको बताए। उनले राष्ट्रियता, सार्वभौमिकता, भूगोललाई मिलाएर संविधान निर्माण भएको बताउँदै संविधानको रक्षाका लागि लाग्नुपर्ने बेला आएको उल्लेख गरे ।

संविधान निर्माणसँगै तीन तहको सरकार निर्माण हुनु सुखद पक्ष भए पनि जनतामा भ्रष्टाचार भएको र सुशासन नभएकामा असन्तुष्टि पैदा भएको बताए । पूर्वराष्ट्रपति डा यादवले बिपी कोइराला देश र लोकतन्त्रका पक्षमा सधैँ चिन्तित हुने गरेको बताए । उनले पछिल्लो समय बिपी कोइरालाको जेल जर्नल, भाषण, आत्मावृत्तान्त कांग्रेसले पढ्न र बुझ्न नसकेको उल्लेख गरे ।

कांग्रेस नेता एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले प्रजातन्त्रलाई जनतामाँझ लैजान जननायक बिपी कोइरालाको महत्वपूर्ण योगदान रहेको बताए । सङ्घीय लोकतन्त्र स्थापना गर्न बिपी कोइरालाको योगदान महत्वपूर्ण रहेको उनको भनाइ थियो । नेता प्रधानले बिपी कोइरालाको योगदानका कारण देश सङ्घीय गणतन्त्र मुलुकमा निर्माण भएको बताए ।

प्रकाशित मिति : भदौ २४, २०७९ शुक्रबार  ८ : ३० बजे