फेसबुकका फेक पेज र ग्रुपहरू तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन



निर्वाचन आयोगले फेसबुकका फेक पेज र ग्रुपहरू तत्काल हटाउन निर्देशन दिएको छ।

फेसबुक पेज तथा ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूलाई विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति दिने र भ्रामक सामग्री प्रकाशन गरेको भन्दै आयोगले उक्त निर्देशन दिएको हो।

झूटा फेसबुक पेज तथा ग्रुपहरू सिर्जना गरी दलका नेताहरु विरुद्ध प्रचार प्रसार गर्ने कार्य विद्युतीय कारोवार ऐन र निर्वाचन (कसूर तथा सजाय) ऐनको प्रतिकूल रहेको आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : कार्तिक ८, २०७९ मंगलबार  ६ : १७ बजे