काठमाडौं । सुरक्षा जोखिमका कारण रोकिएको विद्युतीय खरिद प्रणाली ९ई–जीपी० सञ्चालनमा आएको छ ।
मंगलवार सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै रोकिएको विद्युतीय खरिद प्रणाली ९ई–जीपी० नयाँ संस्करणमार्फत पुनः सञ्चालनमा ल्याइएको जानकारी दिएको हो ।
कार्यालयले सार्वजनिक निकायलाई निर्माण कार्य तथा मालसामान खरिदका राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका बोलपत्र सोही प्रणालीमार्फत प्रकाशन गर्न समेत निर्देशन दिएको छ ।
यसअघि सञ्चालनमा रहेको विद्युतीय खरिद प्रणालीमा उच्च सुरक्षा जोखिम भेटिएपछि गत भदौ ११ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि नयाँ सूचना प्रकाशनको काम रोकिएको थियो ।










