मोरङ ४ बाट प्रतिनिधिसभामा माओवादीका मोदी निर्वाचित



मोरङ निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा नेकपा ९माओवादी०का अमनलाल मोदी ३० हजार छ सय १२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का विनोद ढकाल २४ हजार चार सय ६३ मत प्राप्त गर्नुभएको हो ।

त्यसैगरी गत आइबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पछिल्लो मतपरिणामअनुसार मोरङ ४ ९२०बाट नेपाली कांग्रेसका भीम पराजुली ११ हजार चार सय ७९ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का जीवन घिमिरे नौ हजार छ सय ९१ मत प्राप्त गरेको निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार  १२ : १० बजे