मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भानुभक्त ढकाललाई २२ हजार सात सय १६ मतले हराउदै मोरङ–३ बाट कांग्रेसका शर्मा निर्वाचित



मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका डा सुनील शर्मा प्रतिनिधिसभा सदस्यमा विजयी भएकाछन् । उनि सत्ता गठबन्धनका तर्फबाट ४८ हजार छ सय १३ मतका साथ विजयी भएका हुन् ।

मोरङ क्षेत्र नं ३ निर्वाचन अधिकृत रामहरि काफ्लेका अनुसार शर्माले नेकपा ९एमाले०का भानुभक्त ढकाललाई २२ हजार सात सय १६ मतान्तरले पराजित गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी ढकालले २५ हजार आठ सय ९७ मत पाएका छन् । त्यस्तै राप्रपाकी नेत्री तथा नायिका रेखा थापाले १० हजार नौ सय ९८ मत प्राप्त गरेकि छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विकास उप्रेतीले दुई हजार छ सय २६ मत प्राप्त गरेका छन् ।

निर्वाचन आयोग मोरङ क्षेत्र नं ३ ले विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण गरेको छ । प्रमाणपत्र कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुनील शर्माले जनताको मतको कदर गर्दै इमान्दारपूर्वक काम गर्ने बताए । एक लाख नौ हजार आठ सय ३३ मतदाता रहेको मोरङ क्षेत्र नं ३ मा ९७ हजार चार सय ६८ जनाले मतदान गरेका थिए

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ६ : ४३ बजे