मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन आचारसंहिता उल्लंघनमा शहरी विकासमन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना



काठमाडौं, १९ मंसिर । शहरी विकासमन्त्री मेटमणि चौधरीले निर्वाचन आचारसंहिता उल्लंघन कसुरबापतको जरिवाना रकम बुझाएका छन् ।

दाङ–१ स्थित निर्वाचन क्षेत्रमा आचारसंहिता विपरीत बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित पार्न खोजेको भन्दै निर्वाचन आयोगले चुनावअघि स्पष्टिकरणसहित २५ हजार रुपैयाँ जरिवाना गरेको थियो ।

मन्त्री चौधरीले जरिवाना रकम बुझाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । चौधरी जरिवाना बुझाउने बहालवाला पहिलो मन्त्री हुन् ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ६ : ०१ बजे