मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुस १ देखि धुँवा फाल्ने सवारीलाई कडाइ, १ लाखसम्म जरिवाना हुने



काठमाडौं, मंसिर २२ । काठमाडौं उपत्यका लगायतका स्थानमा वायुप्रदूषणको जोखिम बढेको भन्दै वातावरण विभागले सचेत गराएको छ । वायुप्रदूषणको जोखिम रहेकाले वायु प्रदूषण निम्त्याउने गतिविधिलाई निरुत्साहित गर्न विभागले सूचना जारी गरेको छ ।

वायु प्रदूषण मुख्य कारणमध्ये सवारी साधनबाट निस्कने धुँवा र खुल्ला ठाउँमा फोहोर जलाउनु रहेको विभागको ठहर छ । काठमाडौँ उपत्यकामा सञ्चालन भइरहेका सवारी साधनमा धुँवा निस्कासनको अवस्था अत्यन्त दयनीय पाइएको विभागले जनाएको छ ।

आगामी दिनमा धुँवा निस्कासनको अवस्था परीक्षणलाई कठाइ गरिने जानकारी दिइएको छ । पुस १ गतेदेखि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने सवारी साधन एक लाख रुपैयाँसम्म जरिवाना हुने चेतावनी विभागले दिएको छ ।

जुनसुकै समयमा छड्के जाँच हुनसक्ने भएकाले सवारीको अवस्था ठीक राख्न आह्वान गरिएको छ । यसअघि जाँचपास भएको अवधि बाँकी रहेको भएपनि छड्के जाँचमा प्रदूषण फेल भएमा जरिवाना लगायतका हुने चेतावनी विभागले दिएको छ ।

विभागले कतै खुल्ला ठाउँमा फोहोर नजलाउन र जलाएको पाइएमा सूचना दिन पनि आग्रह गरेको छ । यस्तो जानकारी दिनेको परिचय गोप्य राखी दोषीमाथि कारबाही गर्ने जानकारी विभागले दिएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  १० : ०१ बजे