छतबाट खसेर माधव नेपालका भाइको निधन



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको निधन भएको छ ।

शंखमुलस्थित एक रेष्टुराँको ६ तलामाथिबाट घाइते भएका उनको । अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष नेपालका कान्छो भाइ हुन् । उनी ६२ वर्षका थिए । उनका दुई छोरी अमेरिकामा छन् ।

रेष्टुराँबाट खस्दा सुरुमा बिजुलीको तारमा परेको र त्यसपछि उनी भूँइमा खसेका थिए । दुई जना अपरिचित युवाले देखेर उनलाई निजामती अस्पताल पुर्‍याएको तर त्यहाँ उपचार हुन नसकेपछि उनलाई माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा पुर्‍याइएको थियो ।

प्रकाशित मिति : फाल्गुन २०, २०७९ शनिबार  ७ : ०७ बजे