शान्ति प्रक्रियालाई पूर्णता दिन्छौँ : सञ्चारमन्त्री शर्मा



काठमाडौँ, २३ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा ९माओवादी केन्द्र० का स्थायी समिति सदस्य रेखा शर्माले जनताको जीवनसँग जोडिएका मुद्दालाई प्रभावकारीरुपमा अघि बढाउन पार्टीका कार्यकर्तालाई निर्देशन दिएकि छन् ।

धादिङको गल्छी गाउँपालिका र धुनिबेँसी नगरपालिकाका कार्यकर्तासँगको भेटमा मन्त्री शर्माले सो निर्देशन दिएको उन्का प्रेस संयोजक नरेन्द्र केसीले जानकारी दिए । “हामी सकारको नेतृत्व गरिरहेका छौँ, बागमतीलगायत केही प्रदेशको पनि नेतृत्व गरेका छौँ”, उनले भनिन्, “कयौँ पालिका र वडा तहमा पनि हामीले नेतृत्व गरेका छौँ, यो बेलामा जनताले हामीबाट धेरै आशा गरेका छन् ।”

पार्टी र सरकारसम्म जनताका आवाज पु¥याउने मुख्य भूमिका स्थानीयस्तरका नेता कार्यकर्ताको हुने भएकाले यसलाई प्रभावकारीरुपमा अघि बढाउन नेता कार्यकर्ता निःस्वार्थ र सेवा भावसहित लाग्नुपर्ने मन्त्री शर्माको भनाइ छ । “हामी जनताकै जीवन परिवर्तनका लागि आफ्नो जीवनको समेत पर्वाह गरी राजनीतिमा लागेका छौँ, हामीसँगैका कयौँ साथी सहिद हुनुुभयो”, उनले भनिन्, “हामी जो जसले जे जिम्मेवारी पाएका छौँ, सहिदका सपना र जनताको भावनालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ ।”

अहिले शान्ति प्रक्रियाका केही काम बाँकी रहेकाले यसैमा टेकेर नेतृत्व र पार्टीमाथि प्रहार गर्न थालिएको उल्लेख गर्दै मन्त्री शर्माले जतिसक्दो चाँडो शान्ति प्रक्रियालाई पूर्णता दिने काममा सरकार लागेको बताइन् । पार्टी र नेतृत्वमाथि विभिन्न कोणबाट भइरहेका प्रहारबाट हतोत्साहित नहुन कार्यकर्तालाई आग्रह गर्दै उनले पार्टी र नेतृत्व अझ मजबुत भएर अघि बढ्ने पनि बताइन् ।

प्रकाशित मिति : फाल्गुन २३, २०७९ मंगलबार  ८ : ०९ बजे