विश्वकै अग्लो स्थानमा नारी दिवस : जलवायु परिवर्तन र महिला अधिकारको वकालत



खुम्जुङ ९सोलुखुम्बु०, २४ फागुन । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले महिलाहरू जलवायु परिवर्तनको असरको सिकार बनेको बताएकि छन् ।

सामाजिक संस्था साथसाथै र खुम्बुपासाङल्हामु गाउँपालिकाको संयुक्त आयोजनामा खुम्जुङमा आयोजित कार्यक्रममा उनले आफूले खुम्बु क्षेत्रको पदयात्रा गर्दा जलवायु परिवर्तनकै कारण महिलाहरूले धेरै समस्या भोगेको देखेको भन्दै राज्यले नीतिगतरूपमै हिमाली भेगमा जलवायु अनुकूलनका कार्यक्रमको व्यवस्था गर्ने बताइन् ।

“यहाँको कृषि, स्वास्थ्य र पर्यापर्यटनमा निकै नै प्रभाव परेको देखियो, अब यसको समाधानमा सिङ्गो राज्य लाग्नुपर्छ, त्यसको पहलकदमी म गर्छु”, उपसभामुख रानामगरले भन्न् ि।

बुधबार एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित खुम्बुपासाङल्हमु–४ खुम्जुङमा सम्पन्न कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री तथा राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले खुम्बु क्षेत्रका महिलाले भोगेको समस्या देशकै प्रतिनिधिमूलक भएको बताइन् ।

आयोजक संस्थाकी अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनसम्बन्धी आगामी वर्ष युएईको दुबईमा हुने अन्तर्राष्ट्रिय सम्मेलन ९कोप–२८० मा नेपालले पर्वतीय मुद्दामा नेतृत्वका साथ यस क्षेत्रका उजागर गर्नुपर्ने बताइन् । हिमाली मुद्दामा सिङ्गो राज्यको प्राथमिकता पर्नुपर्ने उनको जोड छ ।

कृषि मन्त्रालयका सहसचिव सवनम शिवाकोटीले मन्त्रालयले हरेक स्थानीय तहमा जलवायु अनुकूलनका लागि कार्यक्रम सञ्चालन गरिरहेको र आगामी दिनमा पनि नीति परिमार्जन गर्दै लैजाने बताइन् ।

गाउँपालिका उपाध्यक्ष टासील्हामु शेर्पाले स्थानीय सरकारले वातावरण संरक्षण र पर्यावरणको पक्षमा उल्लेख्य काम गरेको भन्दै सगरमाथा विश्वकै सम्पत्ति रहेकाले यस क्षेत्रको सरंक्षणमा सबैको ध्यान जानुपर्ने बताइन् ।

प्रकाशित मिति : फाल्गुन २४, २०७९ बुधबार  ८ : १३ बजे