सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा दुई जना उम्मेदवार



काठमाडौं, २७ फागुन । सत्ता गठबन्धन दलको बैठक उपराष्ट्रपतिको उम्मेदवार चयन गर्न असफल भएको छ । आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सर्वसम्मतिबाट उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन नसकेको हो ।

आजको गठबन्धन बैठकमा जनमत पार्टी र जनता समाजवादी पार्टी, नेपालले आआफ्नो दाबी नछोडे पछि दुइजनाको उमेदवारी पर्ने भएको छ ।

उपराष्ट्रपतिमा जसपाले रामसहाय यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ भने जनमतले ममता झालाई उम्मेदवार बनाउँदै छ ।

बालुवाटारमा बसेको गठबन्धनको बैठक पछि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उठाउने बताए ।

अध्यक्ष राउतले गठबन्धनबाट आज दुइजनाको उमेदवारी पर्ने अवस्था देखिए पनि आइतवारसम्म सर्वसम्मतिले एकजना मात्रै उमेदवारी हुने दाबि गरे

प्रकाशित मिति : फाल्गुन २७, २०७९ शनिबार  १२ : ०१ बजे