काठमाडौं, २७ फागुन । जनता समाजवादी पार्टीकी प्रमिला यादवले पनि उम्मेदवारी दर्ता गराएकी छन्। यसअघि सो दलबाट संसदीय दलका नेता रामसहाय प्रसाद यादवले पनि उम्मेदवारी दर्ता गराएका थिए । रामसहाय यादवलगत्तै राष्ट्रिय सभा सदस्य समेत रहेकी प्रमिलाले दिउँसो संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन्।
प्रमिलाको प्रस्तावकमा रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव छन्। यस्तै प्रस्तावकमा भने डा। विरेन्द्र प्रसाद महतो, अनिता देवकोटा, सीता गुरूङ, मनिष सुमन र सुशिला श्रेष्ठ भने समर्थक छन्।
उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदैछ । उपराष्ट्रपति निर्वाचनका लागि आज बिहान ९ देखि दिउँसो २ बजेसम्मका लागि समय निर्धारण गरिएको छ ।










