उपराष्ट्रपतिमा जनमत पार्टीकि ममता झाको उमेदवारी दर्ता



फागुन २७काठमाडौं । राष्ट्रिय जनमत पार्टी नेतृ ममता झाले उपराष्ट्रपति पदमा उमेदवारी दिएकी छन् । चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि उनले आज उमेदवारी दर्ता गराएकी हुन् ।

उनलाई नागरिक उन्मुक्ति र लोसपाको समर्थन रहेको छ । उनको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा र रूपा कुमारी यादव छन् ।

समर्थकमा गोमा लाभ सापकोटा, विनिता कुमारी सिंह, वसन्तकुमार कुहवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी रहेका छन् ।

प्रकाशित मिति : फाल्गुन २७, २०७९ शनिबार  २ : ४९ बजे