काठमाडौं, २८ फागुन । आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनको लागि निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
आयोगले सार्वजनिक गरेको विवरणअनुसार उपराष्ट्रपतिमा नेकपा ९एमाले० को तर्फबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीकी ममता झा, र जसपाको तर्फबाट रामसहाय प्रसाद यादव र प्रमिलाकुमारी यादवको उम्मेदवारी रहेको छ ।
आइतबार अपरान्ह राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौड्यालले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेका छन् । जसमा शनिबार उम्मेदवारी दिएका चारैजना अष्टलक्ष्मी शाक्य, रामसहायप्रसाद यादव, प्रमिला कुमारी र ममता झाको नाम समावेश छ ।










