मेयर बालेनको प्रश्न : वडा अध्यक्षको काम गर्ने भए सांसद पद किन चाहियो ?



१६ जेठ काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरु माथि ब्यंग्य हानेका छन्।

आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सांसद विकास कोष ब्युँत्याएर प्रत्येक सांसदलाई ५ करोड दिइने निर्णयलाई लिएर मेयर शाहले ब्यंग्य हानेका हुन्।

‘सांसद विकास कोष पाउनु भए सी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो,’ मेयर शाहले प्रश्न गरेका छन्, ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ?

प्रकाशित मिति : जेष्ठ १६, २०८० मंगलबार  ११ : ०४ बजे