मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतीय अभिनेत्री भाग्यश्री नेपालमा



काठमाडौँ, २० जेठ । एक समारोहमा सहभागी हुन भारतीय अभिनेत्री भाग्यश्री नेपाल आएकि छन् ।

आज दिउँसो त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाल आउँदा खुसी लागेको प्रतिक्रिया दिइन् । “म नेपाल पहिले पनि आएकी थिएँ, मैले कुनै चाडपर्वको समयमा सपरिवार यहाँ आउने सोच बनाएकी छु”, उनले भनिन्, “मेरा चलचित्र आइरहेका छन्, हेर्नुस् र माया गरिदिनुस् ।”

उक्त समारोहमा सहभागी हुन भारतीय कलाकार रञ्जीन, विन्दु दाह्रा सिंह, कमेडियन ध्वनी पवारलगायत नेपाल आइसकेका छन् । भारतको प्रतिष्ठित अवार्ड ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’मा सहभागी हुन उनिहरु नेपाल आएका हुन् । यो अवार्डको छैटौँ संस्करण हो । यसअघि भारतमा आयोजना भएको अवार्ड समारोह यसपटक भने नेपालमा आयोजना हुँदैछ ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ७ : ३१ बजे