आज राप्रपाले धार्मिक यात्रा गर्ने



काठमाडौं, १ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज धार्मिक यात्रा गर्ने भएको छ ।

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले साउने सोमबारको पहिलो दिन धार्मिक यात्रा गर्न लागेको हो । 

सो पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रका अनुसार सो धार्मिक यात्रा मैतीदेवीवाट सुरु भई पशुपतिनाथमा गएर समापन हुनेछ । जसका लागि दिउँसो १ बजे समय तोकिएको छ ।  


प्रकाशित मिति : श्रावण १, २०८० सोमबार  १० : १८ बजे