अब बस—बसमा विशाल नेपालको नक्सा



काठमाडौं । विशाल नेपाल महाअभियानले, टिष्टा काँगडासहितको भू—भाग समेटिएको नक्सा टाँस्ने अभियान जारी राखेको छ । विशाल नेपाल महाअभियानले आफ्नो तेस्रो कार्यक्रम अनुसार लगनखेल बसपार्कबाट छुट्ने बस, माइक्रोबसमा विशाल नेपालको नक्शा सहित नारा भएको १ हजार स्टिकर टास्ने काम गरेका छन्।

उक्त क्रममा अभियान्ता तेजेन्द्र बस्नेतले यो तेस्रो कार्यक्रम भएको जानकारी दिए । उनले यसअघि, गोंगबुबाट बाहिर जाने, कोटेश्वरबाट बाहिर जाने बसमा ग्रेटर नेपालको नक्शा टासिएको जानकारी दिए । उनले टिष्टादेखि काँगडासम्मको भूमि नेपालको हो र त्यसलाई फिर्ता ल्याउनका लागि त्यहीका नागरिक सचेत हुनुपर्छ भन्ने मान्यताका साथ आफुहरुले अभियान चलाएको दाबी गरे ।

‘टिष्टा काँगडाका जनताले, चाहानु पर्छ उनीहरु चै भारतको उपनिवेश भित्र छन् । उनीहरु स्वतन्त्र नेपाली हुन् र उनीहरुले पनि जसरी अहिले काठमाडौंमा चाँहि विशाल नेपालको महाअभियान चलिरहेको छ । त्यसै गरी टिष्टा काँगडाका क्षेत्रहरुमा पनि अब विशाल नेपालको महाअभियान चल्नु पर्छ । ’ उनले भने ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १ : ०३ बजे