२२ साउन काठमाडौं । व्यापारिक कम्प्लेक्सहरुलाई ग्राहकसँग पार्किङ शुल्क उठाउन पाउने भएका छन् । सपिङ कम्प्लेक्सहरुले सेवाग्राहीबाट पार्किङ शुल्क लिन नपाउने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वय नगर्न उच्च अदालत पाटनले आदेश दिएसँगै व्यापारिक कम्प्लेक्सहरुलाई ग्राहकसँग पार्किङ शुल्क उठाउन पाउने भएका हुन्।
यसअघि काठमाडौं महानगरले साउन १० गते सूचना प्रकाशित गरी सपिङ कम्प्लेक्सले पार्किङ शुल्क लिन पाउने निर्णय गर्दै पार्किङलाई व्यवस्थित गर्ने बताएको थियो।
उच्च अदालत पाटनले सोमबार व्यापारिक कम्प्लेक्सभित्र रहने पार्किङ स्थलहरुमा पार्किङ शुल्क लिने सम्बन्धमा कुनै हस्तक्षेप नगर्न काठमाडौं महानगरपालिकाका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
उक्त निर्णयविरुद्ध व्यवसायीहरुले दिएको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले काठमाडौं महानगरपालिकासँग लिखित जवाफ माग गरेको छ । त्यस्तै ३० साउनमा दुबै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ ।










