भन्सार क्षेत्रबाट बरामद क्विन्टल सुन गाल्ने प्रक्रिया सुरु



काठमाडौं । एयरपोर्ट बाहिरबाट राजस्वले बरामद गरेको सुन पगालेर जोख्न सुरु गर्दैछ ।राजस्व अनुसन्धान विभागले बरामद गरेको सुनको परिमाण यकिन गर्न पगाल्ने प्रक्रिया सुरू गर्न लागेको हो ।

टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले आजबाट सुन पगालेर जोख्न सुरु गरिएको जानकारी दिए ।

पत्रकारसंग उनले भने ‘आजबाट सुन जोख्न सुरु हुन्छ । सुरुमा आज हामीले एउटा ब्रेक शु खोलेर हामीले डेमो देखाउने छौँ । त्यसपछि सुन जोख्ने काम सुरु हुने छ । अब करिब १ घण्टापछि हामीले एउटा ब्रेक शुमा कति सुन छ भनेर डेमो देखाउने छौँ । त्यसपछि सुन जोख्ने काम हुने छ ।’

प्रकाशित मिति : श्रावण २९, २०८० सोमबार  ४ : ०२ बजे