काठमांडौ, २९ साउन । जीएम मुभिजको ब्यानरमा चलचित्र ‘घर ज्वाईं’ बन्ने भएको छ । फिल्मको सुटिङ भने माघबाट गर्नेगरि सबै तयारी पूरा भएको निर्माता जनक घर्ती मगरले जानकारी दिएका हुन् ।माघ तेश्रो साताबाट रुकुममा छायाँकन हुने उनले जानकारी दिए ।निर्माता घर्ती मगरका अनुसार फिल्मलाइ अनिल बुढामगरले निर्देशन गर्नेछन् भने दयाहाङ राई , मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ , शिशिर वाङ्देल, राज थापा काउचा आदि कलाकारको अभिनय रहने छ
चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्ने सम्झौता भएको निर्माता घर्ती मगरले जानकारी दिएका छन् ।पछिल्लो समय नेपाली चलचित्र उधोगमा दर्शकले अत्याधिक रुचाएको दया र मिरुनाको जोडीलाई लिएर फिल्म बनाउन लागिएको हो ।दयाहाङ राई पछिल्लो समयमा निर्माता निर्देशकहरुको खोजिमा पर्ने सुपरस्टार हुन भने दया र मिरुना अभिनित चलचित्रहरु व्यवसायिक रुपमा सफल हुदै आएका छन














