भारतीय गायिका शिल्पा नेपालमा, एयरपोर्टमै गुन्जिइन् : जो भी है सब मेरा, तेरे हवाला कर्दिया



काठमाडौं , ७ भदौ । भारतीय गायिका शिल्पा राव नेपाल आएकी छिन् ।भोली शुक्रबार सोल्टी होटलको प्राईभ नेपाल क्लवमा हुने सांस्कृतिक कार्यक्रममा भाग लिन काठमाडौं उत्रिएकी गायिका राव बिहिबार दिउसो काठमाडौंस्थित त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् ।


काठमाडौं उत्रिए लगत्तै संचारकर्मीसंग उनले नेपालको खुलेर प्रशंसा गरिन् ।उनले भनिन्, ‘आप बहुत सुन्दर जगह मे रहते है ।’लगत्तै गीत गुन्गुनाएकी उनले संचारकर्मी समक्ष ‘जो भी है सब मेरा, तेरे हवाला कर्दिया ’ सुनाइन् ।तपाईको काठमाडौंमा एक्सपेक्टेशन के हो ? पत्रकारको प्रश्नमा उनले भनिन् ‘एक्पेक्टेशन हम पर्फम गर्न चाहाते है । आप दिलसे सुनिए और हम बहत मजे गर्ने वाले है द्याटस् इट । ’उनले पत्रकारको आग्रहमा विमानस्थलमै अर्को गीत समेत गुनगुनाएकी थिइन् ।रोअर ईन्टरटेनमेन्ट र एरिना ईन्टरटेनमेन्टले संयुक्त रुपमा आयोजना हुन लागेको सो कार्यक्रममा भाग लिन राव पहिलोपटक नेपाल आएकी हुन् ।सो कार्यक्रममा सहभागि हुन चाहानेले माई पे अनलाईन मार्फत टिकट काट्न सक्ने व्यवस्था गरिएको कार्यक्रमका संयोजक मोहित बस्नेतले बताए । माई पे कार्यक्रमको टिकेटिङ पार्टनर हो । कार्यक्रममा हेप्पी वक्स, वेभ, आई एस् एस् साउण्ड, पठाओ लगायतले सहकार्य गरेका छन् । कार्यक्रमको सञ्चालन पूर्व मिस नेपाल नम्रता श्रेष्ठले गर्दैछिन् ।

प्रकाशित मिति : भाद्र ७, २०८० बिहीबार  ५ : ४३ बजे