‘पशुपति प्रसाद २ः भष्मे डन’को गीत रिलिज, फिल्मले दर्शक तान्ने अनुमान



काठमाडौं । फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’मा समावेश ‘दुई चुल्ठी बाटन’ बोलको गीत जनैपूर्णिमाको अवसर पारेर रिलिज गरिएको छ । फिल्म कार्तिकको ४ गतेबाट रिलिज हुदै छ । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार विपिन कार्कीको साथमा अतिथी कलाकार आँचल शर्मा र निश्चल खड्काले नृत्य गरेका छन् । आँचललाई विपिन र निश्चलसँग रोमान्टिक तरिकाले प्रस्तुत गरिएको छ ।

यो गीतमा मेलिना राई र निशान भट्टराइको स्वर सुन्न सकिन्छ भने बी पाण्डेको शब्द, सुवास भुषालको संगीत रहेको छ।

दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो फिल्ममा स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल लगायतको अभिनय छ । फिल्म खगेन्द्र लामिछानेको लेखन तथा निर्माणमा बनेको हो ।

पछिल्लो समययो फिल्मको टिजरले चर्चा पाएको छ भने फिल्मले दर्शक तान्ने सबैको अनुमान छ ।

प्रकाशित मिति : भाद्र १५, २०८० शुक्रबार  १० : १३ बजे