उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता २०८० आयोजना हुँदै



काठमाडौं , १५ भदौ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालले उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता गर्ने भएको छ ।


शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै, एसोसिएसनले भाद्र १८ गते सोमवार नेपाल प्रज्ञा भवन, कमलादीमा प्रतियोगिताको पाँचौ संस्करण आयोजना गर्ने जानकारी दिएको हो ।लोकनृत्य प्रतियोगितामा प्रत्येक विद्यालयले प्रवेश शुल्क रु.५००० तिरी भाग लिन सक्नेछन् । विद्यालयहरुले प्रतियोगितामा कक्ष५ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई राखी कम्तिमा ८ देखि २४ जनाको समूह बनाई बढीमा ५ मिनेट भित्र आफ्नो नृत्य प्रस्तुत गर्न सक्दछन ।प्रतियोगितामा ७५ विद्यालयका विद्यार्थी सहभागि हुने आयोजकले जानकारी दिएको छ ।प्रतियोगितामा प्रस्तुत हुने नृत्य र गीत संगीत नेपाली लोककला, रीतिरिवाज साथै सम्बन्धित संस्कृतिको मौलिकता झल्कने नृत्यलाई मात्र सहभागी गराईने छ ।प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई कम्रशः रु. २५,०००/ रु. २०,०००/र रु. १५,०००/ का दरले नगद पुरस्कारका साथमा प्रमाणपत्र तथा ट्रफी प्रदान गरी पुरस्कृत गरिने छ ।

प्रकाशित मिति : भाद्र १५, २०८० शुक्रबार  १ : ३९ बजे