काठमाडौ,२६ असोज । आउँँदो शनिवार दरवारमार्ग स्थित कासा लाउञ्जमा दशैं लक्षित साँँगीतिक साँँझ हुन भएको छ । दशैंको शुभकामना साटासाट गर्ने उद्देश्य आँउदो शनिवार नेपालका वरिष्ठ पप गायक हरिश माथेमालाई लिएर साँँगितिक साँँझ आयोजना गर्न लागेको कासा लाउञ्जले जनाएको छ ।
आँँखाको नानी हौ तिमी, केही सोधे्र तिमीलाई मैले, स्वप्निल रंगमा रंगिएकी तिमी जस्ता दर्जनौं गीतका सर्जक तथा गायक माथेमाको नेपालमा धेरै समयको अन्तरालपछि हुन लागेको यो नै पहिलो साँँगितीक कार्यक्रम हुनेछ । गायक माथेमालाई साथ दिन विदेश जाने मायालु तिमीलाई जस्ता सदावहार गीतका गायक तथा संगीतकार दीपक थापाज्यूको समेत आप्mनो प्रस्तुति रहने छ । यो कार्यक्रमलाई सफल पार्न कासा लाउञ्ज एण्ड बारले भव्य तयारी गरेको बताएको छ ।
नेपालको वरिष्ठ पप गायकद्वय हरिश माथेमा तथा दीपक थापाको सांगितीक प्रस्तुतिपूर्व कासा लाउञ्जको हाउस ब्याण्ड हिमालयन कासाको समेतको रमाईलो प्रस्तुति रहने कार्यक्रम सञ्चालनको जिम्मा पाएका द भ्वाईस अफ नेपालका कार्यक्रम सञ्चालक सुशिल नेपालले जानकारी दिए ।














