गायिका रिमालको ‘आँगनै भरी फुल्यो मखमली’ सार्बजनिक (भिडियोसहित)



काठमांडौ । गायिका प्रीती रिमालको स्वरमा आँगनै भरी फुल्यो मखमली बोलको तिहार गीत भिडियोसहित सार्बजनिक भएको छ । गीतको भिडियोमा गायिका रिमालले आफै अभिनय गरेकि छन् ।

सुजन बाबु गुरुङको शब्द र संगितमा तयार भएको सदाबहार शैलिको गितमा गायिका रिमाल निकै कर्णप्रिय सुनिएकि छन् ।गितलाइ जीवन बडुले एरेन्ज गरेका छन् । सदाबहार शैलिको गितमा शब्द र संगित र गायन ससक्त सुनिन्छ ।

भिडियोमा गायिका रिमाल र सरोज माझि फिचर्ड छन । गित रिलिज भएको छोटो समयमै राम्रो प्रतिक्रीया पाएको गायिका प्रीती रिमालले बताइन । गितको भिडियोलाइ संगित सुजन बाबु गुरुङले निर्देसन गरेका गरेका हुन् । भिडियोमा तिहार छेक गाँउले परिवेषका दिदिबहिनिहरुको मनोभाब देखाइएको छ ।

भिडियो

प्रकाशित मिति : कार्तिक १३, २०८० सोमबार  २ : ११ बजे