दक्षिण कोरियामा अमेरिकी एफ १६ लडाकु विमान दुर्घटनाग्रस्त



काठमाडौं । अमेरिकी एफ १६ लडाकु विमान पश्चिमी दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको छ ।

युएस फोर्सेस कोरियाको लडाकु विमान प्रशिक्षण अभ्यासको क्रममा राजधानी सियोलबाट करिव १८० किलोमिटर दक्षिणमा रहेको गुन्सानस्थित कुनसान एयर बेस नजिकै बिहान दुर्घटनाग्रस्त भएको थियो ।

पाइलट आकस्मिक रूपमा भागेकाले अहिलेसम्म कुनै क्षति नभएको बताइएको छ ।

प्रकाशित मिति : मंसिर २६, २०८० मंगलबार  १ : ४५ बजे