बिहिबार ३१.४३ अंकले घट्यो सेयर बजार



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से परिसूचक) आज ३१.४३ अंकले घटेको छ ।बिहिबार नेप्से परिसूचक १.१९ प्रतिशतले घटेर २५९६.८२ विन्दुमा पूगेको हो ।

यस दिन चार अर्ब ७६ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

सपोर्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.०९ प्रतिशतले वृद्धि भएको छ ।

२९ कम्पनीको सेयर मूल्य बढेको छ भने२११ कम्पनीको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : पुस ४, २०८१ बिहीबार  ४ : ३३ बजे