तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ ।

बिहीबार एक लाख ४९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

त्यस्तै आज चाँदीको पनि मूल्य घटेको छ । बिहीबार १ हजार ७ सय ८० रुपैयाँमा कारोवार भएको चाँदी आज २० रुपैयाँले घटेर १ हजार ७ सय ६० रुपैयाँमा कारोवार भैइरहेको छ ।

प्रकाशित मिति : पुस ५, २०८१ शुक्रबार  ११ : १५ बजे