काठमाडौं । बुधबार सुनको मूल्य सामान्य घटेको छ ।
आज सुन प्रतितोला १ सय रुपैयाँ घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ रहेको सुन आज १ लाख ४९ हजार ७ सय रुपैयाँमा घटेको हो ।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेर १८०० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।










