स्व. नवीन्द्रराज जोशीको ६२ औं जन्मजयन्तीमा दीपप्रज्वलन (तस्बिरहरु)



काठमाडौ । नेपाल विद्यार्थी संघ, नेपाल ल क्याम्पसले नेपाली काँग्रेसका नेता स्व. नवीन्द्रराज जोशीको ६२ औं जन्मजयन्तीका अवसरमा दीपप्रज्वलनको आयोजना गरेको छ ।

जोशीको मस्तिष्कघातका कारण २०७७ सालको चैतमा निधन भएको थियो ।

वि‍सं २०१९ असार ३ गते काठमाडौंमा जन्मिएका नेता जोशी काठमाडौं क्षेत्र नं. ८ बाट २०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।

पूर्वउद्योगमन्त्री समेत रहेका नेता जोशी लोकप्रिय नेता थिए। उनकै पहलमा नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो।

उनी कांग्रेसका केन्द्रीय सदस्य तथा काठमाडौं महानगरपालिकाका संस्थापक उपप्रमुख समेत थिए।

तस्बिरहरु

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ८ : १२ बजे