काठमाडौं, २४ पुस । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रबि लामिछनेसहितका प्रतिवादीहरुको बहस सकिएको छ ।
न्यायाधीश नितिज राईको इजलासमा चलिरहेको प्रतिवादीहरुको थुनछेक बहस आजबाट सकिएको हो ।
कास्की जिल्ला अदालतमा गत पुस १६ गतेदेखि उनीहरुको थुनथेक बहस भइरहेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, नेपाल प्रहरीका पूर्व डीआईजीसमेत रहेको गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी, गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राईलगायत उक्त मुद्दामा मुछिएका छन् । रवि, छवि र जिबीलगायतलाई सहकारी ठगीमात्रै नभएर सम्पत्तिशुद्धीकरण र संगठित अपराधमा पनि मुद्दा चलाइएको छ ।














