सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले एमाले र माओवादीका युवालाई कांग्रेसमा प्रवेश गराएका छन्। शुक्रबार अध्यक्ष बस्नेतले एमाले युवा संघमा सक्रिय प्रज्वल कार्की र माओवादीमा सक्रिय कृष्ण कार्कीलाई कांग्रेसमा प्रवेश गराएका हुन्।
अध्यक्ष बस्नेतले उनीहरू दुवै जनालाई सदस्यता हस्तान्तरण गरेका थिए। दुवै जना युवा नेताहरू नेपाली कांग्रेसको सिद्धान्तमा सहमत भएर निशर्त कांग्रेस प्रवेश गरेको अध्यक्ष बस्नेतले जानकारी दिए।
उहाँहरू निशर्त कांग्रेसमा प्रवेश गर्नु भएको हो, अध्यक्ष बस्नेतले भने,उहाँहरूको सक्रियता र भूमिकालाई मूल्यांकन गरी पार्टीले आगामी दिनमा जिम्मेवारी दिँदै जानेछ।
सोताङ गाउँपालिका कांग्रेस नेता टेकमान तामाङ, युवा नेता प्रमोद राईलगायतले कांग्रेसमा स्वागत गरेका थिए।
नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत रहेका बस्नेतले अन्य दलका युवाहरूलाई कांग्रेसमा समाहित गर्ने क्रम आफ्नो पालिकामा जारी रहेको बताए।