बैतडी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य आङ गेलु शेर्पाले देश अहिले कांग्रेसकै नेतृत्वमा चलिरहेको बताएका छन । नेपालि कांग्रेसको १०० दिने बिशेष अभियान अन्तर्गत बैतडी जिल्लामा अयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
नेता शेर्पाले अहिले कांग्रेस र एमालेको गठबन्धन सरकारले देश चलाइरहेको भए पनि सरकार कांग्रेसकै नितिगत नेतृत्वमा चलिरहेको दाबी गरे ।
अब देशमा सुसाशन र सम्बृद्धी चाहिएको उल्लेख गर्दै त्यसका लागी अर्थतन्त्रको सुधारमा कांग्रेसले काम गरिरहेको उनले उल्लेख गरे ।
अर्को प्रसङ्गमा नेता शेर्पाले कांग्रेस र एमालेको बर्तमान गठबन्धन लामो समय कायम रहने दाबी गरे ।उनले अहिलेको गठबन्धनले नै आगामी चुनाब गराउने भएकोले ढुक्क भएर पार्टिको सङ्गठन निर्माणमा जुट्न नेता कार्यकर्ताहरुलाइ आग्रह गरे ।
राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेले गठबन्धन गर्नुपरेको पनि नेता शेर्पाको स्पस्टिकरण थियो ।
कार्यक्रममा बैतडी जिल्लाका कांग्रेस नेताहरु र स्थानिय डिलासैनी गाउपालिकाका नेता कर्यकर्ताहरुको उपस्थिती थियो ।














