प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसुची



काठमाडौं, फागुन ५ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता (दोश्रो संशोधन) विधेयक, २०८१ माथि छलफल हुनेछ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सुरक्षा परिषद्को छैटौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८०० र सातौँ वार्षिक प्रतिवेदन २०८०/८१’ पेस गर्नेछन् ।

सभामुख देवराज घिमिरेले नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८१ छलफलका लागि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक, २०८१’ माथि सामान्य छलफलका लासग प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी आजको बैठकमा भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयकमाथि पनि छलफल गर्ने र विधेयक पारित गर्ने कार्य सूची छ ।

संसदको सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा नेपाल प्रहरी विधेयक २०८१ माथि पनि छलफल हुनेछ । भ्रष्टाचार सम्बन्धी विधेयक प्रधानमन्त्रीले र प्रहरी सम्बन्धी विधेयक गृहमन्त्रीले पेश गर्नु हुने सम्भावित कार्यसूचि सचिवालयले सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : फाल्गुन ५, २०८१ सोमबार  ९ : ३९ बजे