परराष्ट्रमन्त्री डा.आरजु राणा भारत प्रस्थान



काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा सोमबार (फागुन २६) भारत प्रस्थान गरेकी छन् ।

मन्त्री डा. राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए ।

मन्त्री डा राणा भारतको झारखण्डस्थित बाबा वैद्यनाथधाममा पूजाआजा गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन २६, २०८१ सोमबार  ३ : ०६ बजे