काठमाडौँ । ललितपुर क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’बाट निर्वाचित सांसद डा तोसिमा कार्कीको पदका विषयमा आज (फागुन २७) फैसला हुने भएको छ।
पछिल्लोपटक यही फागुन ४ गतेका निम्ति तोकिएको मुद्दाको निसु (निर्णय सुनाइने) आजका लागि सारिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उमेदवार बनेकी डा तोषिमाको उमेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि विवाद सर्वोच्च अदालत पुगेको थियो।
सर्वोच्चले अन्तरिम आदेश दिएपछि चुनाव लड्न पाएकी तोषिमालाई उक्त उम्मेदवारी खारेजी चर्चाको माध्यम बनेको थियो।
उम्मेदवारी कायम भएपछि उनी ललितपुर–३ बाट निर्वाचन लडेर निर्वाचित भएकी थिइन्।
गएको पुस २५ देखि डा तोषिमाको मुद्दा न्यायाधीश डा मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले हेर्दै आएको छ।














