सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कति पूग्यो ?



काठमाडौं ।स्थानिय बजारमा शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनूसार आज सुनको मूल्य एकैदिन तोलामा चार हजार रुपैयाँले बढेको हो ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७४ हजार ५०० रुपैयाँ कायम छ ।

नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो ।अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि हालसम्मकै उच्च कायम भएको छ । चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ११ : ११ बजे