काठमाडौं । सोमबार सेयर बजार (नेप्स) १०.१४ अंकले घटेको छ । बजार घटेसँगै समग्र बजार मापक २,७०४.७० विन्दुमा पुगेको हो ।
अघिल्लो दिन ६ अर्ब ८३ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ४० करोडको कारोबार भएको छ ।
त्यस्तै बैंकिङ ०.२१, विकास बैंक ०.९२, हाइड्रोपावर ०.२३, जीवन बीमा ०.५१, माइक्रोफाइनान्स ०.०१, निर्जीवन बीमा ०.०२, अन्य ०.५६ प्रतिशत घटे । उत्पादन तथा प्रशोधन ०.४४, लगानी ०.१८, होटल तथा पर्यटन ०.१८ र फाइनान्स सेक्टर ०.१२ प्रतिशत बढे ।
यस दिन ८५ कम्पनीको सेयरमूल्य बढ्दा १४५ कम्पनीको घटेको छ भने १३ कम्पनी स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।