मंगलबार सेयर बजार ७.६६ अंकले घटेर २,६९७.०४ विन्दुमा



काठमाडौं । मंगलबार सेयर बजार ७.६६ अंक घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से घटेर २,६९७.०४ विन्दुमा झरेको छ ।

यस दिन चार अर्ब ३४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

बैंकिङ ०.१४, विकास बैंक ०.४२, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.३६, हाइड्रोपावर ०.१७, लगानी ०.४२, जीवन बीमा ०.७०, उत्पादन ०.२३, माइक्रोफाइनान्स ०.३१, व्यापार ०.६६ तथा निर्जीवन बीमा ०.५४ प्रतिशत घट्यो ।मिथिला लघुवित्त तथा हिमालयन पावर पार्टनरको मूल्य ९।९ प्रतिशत बढ्यो । अपरसोलु हाइड्रो इलेक्ट्रिकको ७।७, भूगोल इनर्जीको ७।२, पाँचथर पावरको ४।१ प्रतिशत मूल्य बढ्यो ।

यस दिन ८६ कम्पनीको सेयरमूल्य बढेको छ भने यस्तै, १५३ कम्पनीको सेयरमूल्य घटेको छ र चार कम्पनीको सेयरमूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति : चैत्र ५, २०८१ मंगलबार  ३ : ५५ बजे