सोलुखुम्बु । सोलुखुम्बुको फाप्लुबाट चिवाङ, फेरा, रिङ्मु, टाक्सिन्दु हुदै नुनथाला पुग्ने सडकको काम धमाधम अघि बढेको छ ।
एडीबिको आर्थिक सहयोगमा निर्माण शुरु भएको यो सडकको गुणस्तर सुनिश्चित गर्दै तोकिएको समयमा काम सक्ने लक्ष्यका साथ अगाडि बढाइएको सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताएका छन् ।
उक्त सडक खण्डको १० किलोमिटर कालोपत्रे गर्न थालिसकिएको छ भने क्रमशः फाप्लुबाट ४३ किलोमिटर सडक कालोपत्रे हुने छ।
बुधबार सोलुदूधकुण्डका नगर प्रमुख शेर्पा र नेपालि कांग्रेस सोलुखुम्बुका नेता दावा गेलु पाख्रीनसहितको टोलिले उक्त सडक खण्डको अनुगमन समेत गरेको छ ।
अनुगमनका क्रममा सम्झौता अनुसार सडकको गुणस्तर कायम गर्न र तोकिएको समयमा काम सक्न निर्देशन दिइएको सोलुदूधकुण्ड नगरपालिकाले जनाएको छ ।














