प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाउन माग



काठमाडौं ।बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद प्रभु साहले ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम’ कार्यसूचीबाट हटाउन माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै साहले यसअघिको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना प्रश्नहरुको उत्तर नदिएको प्रसंग निकाल्दै प्रश्नोत्तर कार्यक्रमको औचित्यमाथि प्रश्न उठाएका हुन् ।

उनले भने ,“कुनै प्रश्नको जवाफ छैन भने त्यो कार्यक्रमको औचित्य छैन । मैले सोधको जवाफ प्रधानमन्त्रीले दिनुभएन । प्रभु साहको होइन, सवाल प्रश्नोत्तर कार्यक्रमको हो,” ।

उनले संसद्को सम्मान पनि नगरेको उनको भनाइ छ । आज प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुँदै छ । उनले कार्यसूचीबाट नहटाए कार्यक्रम बहिष्कार गर्ने चेतावनी पनि दिए ।

प्रकाशित मिति : चैत्र ७, २०८१ बिहीबार  १२ : १७ बजे