काठमाडौं ।आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सह–महामहामन्त्री एवं प्रतिनिधि सभा सदस्य जीवनबहादुर परियारले सिरहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञको नाममा दलित समुदायमाथि अत्याचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।
उनले गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका अध्यक्ष दिलिप यादवसहितका व्यक्तिहरूको मिलेमतोमा उक्त कार्य भएको भन्दै उनले आपत्ति जनाए ।
उनले भने, ‘डोम जातिका व्यक्तिहरुलाई उठिबास लगाउने काम भएको छ । त्यसको म घोर भर्त्सना गर्न चाहन्छु । पीडित परिवारलाई न्याय दिन म सरकारसँग माग गर्न चाहन्छु,’–।
उनले पीडित परिवारलाई न्याय दिन माग गरे ।














